चितवन : जङ्गलमा मृत भेटिएकी युवतीकाे हत्या भएकाे भन्दै राजमार्ग बन्द

 असार २१, २०७८ सोमबार १३:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति चोककी २२ वर्षीया सुजिता भण्डारीको शव आइतवार (हिजो) साँझ भण्डाराको धमिले जङ्गलमा भेटिएको थियो ।

शव नजिकै धानमा हाल्ने विषादी भेटिएकाले प्रहरीले आत्महत्याको शङ्का गरेको छ तर आफन्त र स्थानीयबासिन्दाले भने हत्या भएको हुन सक्ने भन्दै छानबिनको माग गर्दै राजमार्ग बन्द गरेका हुन् ।

घाँस काट्न गएकाहरूले युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेर चिन्न नसकिने अवस्थामा रहे पनि उनका कपडा र झोलाको आधारमा परिवारले पहिचान गरेका हुन् ।

गएकाे असार ११ गतेदेखि हराइरहेकी युवतीले आफू अपहरणमा परेको भन्दै घरमा फोन गरेकी थिइन् तर परिवारसँग कसैले पनि फिरौती या कुनै माग नराखेकाले घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया