शेयर बजार लगातार ओरालो लाग्दै, कारोबार रकम पाँच अर्ब पनि पुगेन

 असार २१, २०७८ सोमबार १५:५५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार (आज) पनि घटेको छ । व्यापार, उत्पादन, म्युचल फन्ड, अन्य र लगानी समूहबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ११ दशमलव ७८ अङ्कले घटेर दुई हजार आठ सय २२ दशमलव ७३ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर सात अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको शेयर एक सय दुई अङ्कले, जलविद्युतको ५३, फाइनान्सको ५७, माइक्रोफाइनान्सको ३४, जीवन बीमा समूहको एक सय ३६ र निर्जीवन बीमा समूहको शेयर एक सय ५६ अङ्कले घटेको छ ।

केही हप्ताअघि दैनिक २० अर्ब रुपैयाँ हाराहारीको कारोबार हुने नेप्सेमा अहिले कारोबार रकम पनि ओरालो लागेको छ । आज दुई सय २४ कम्पनीका एक करोड ६३ लाख कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे ४१ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज गुराँस फाइनान्सको शेयर सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि विशाल बजार कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया