पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली हटाउँदै सबै प्रकारका गाडी सञ्चालन गर्न पाइने निर्णय गरेपछि आजदेखि सडकमा गाडीको चाप बढेको छ ।
गाडीमा सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाइने नियम लगाइएको छ । यस्तै यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ । नलगाएमा गाडीभित्र प्रवेश रोक लगाउन भनिएको छ । चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्नेछ । गाडीलाई समेत नि-सङ्क्रमित गराउनु पर्नेछ। यस्तै सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेर्सो सिटमा चार/चार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्नु पर्नेछ ।
गाडीको बीचमा दुईतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ । यस्तै अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिइ प्रवेश गर्न पाउने छन् ।
सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका गाडी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ । आजदेखि आउँदो ३१ गतेसम्म थपिएको निषेधाज्ञामा सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक लगाएको छ । खुला ठाउँमा हुने भेला, होटल तथा पार्टी प्यालेसमा हुने विवाह व्रतबन्धलगायत सामूहिकरुपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधिमा समेत रोक लगाइएको छ ।
आदेश अवधिभर स्थानीय ढुवानीका गाडी बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहने छ । अन्य व्यवसायको हकमा बेलुकी ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नु पर्नेछ । त्यसो नगरेमा व्यवसाय सञ्चालनमा रोक लगाउन सकिने गरी प्रशासनले चेतावनी दिएको छ ।
अत्यावश्यक वस्तुको अनलाइन माग, रेष्टुरेण्ट तथा फाष्टफुड तथा अन्य ‘अडर टेक अवे’ र ‘होम डेलिभरी’ प्रयोजनका लागि काठमाण्डौ उपत्यकाभित्र साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइनेछ । घरबाट मानिस बाहिर निस्किँदा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्नेछ । अनिवार्य रुपले मास्क र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ । यस्तै पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा सर्त पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।
त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । त्यसभन्दा बढी भए दुई सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।