केही ठाउँमा मौसम सफा : दिउँसोपछि धेरै ठाउँमा बद्ली हुने

 असार २२, २०७८ मंगलबार ७:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज केही ठाउँमा मौसम सफा भएर घाम लागेको छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा बिहानैदेखि घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती र प्रदेश नम्बर दुईको पश्चिमी ठाउँहरुमा घाम लागेको तर अरु ठाउँमा कतैकतै हल्का पानी परिरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । यी ठाउँहरुमा बिहानीपख घाम लागे पनि दिउँसोपख पानी पर्ने सम्भावना छ। यस्तै, अहिले प्रदेश एक, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् बासीले बताउनुभयो ।

आज दिउँसो देशभर मौसम बद्ली हुने अनुमान छ । बेलुका हल्का पानी पर्ने तर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् बासीले बताउनुभयो । आज राति भने देशका धेरै ठाउँहरुमा पानी पर्नेछ भने प्रदेश एकमा ठूलो पानी पर्नेछ । भोलिदेखि फेरि मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको छ ।

मौसम सक्रिय भएसँगै ठूलो पानी पर्ने मौसमविद् बासीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया