जर्मनीले नेपालसहित पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध हटाउँदै

 असार २२, २०७८ मंगलबार ८:५३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जर्मनीले पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध भोलिदेखि हटाउने भएको छ ।

प्रतिबन्ध हटेसँगै नेपाल, बेलायत, पोचुर्गल, रुस र भारतका नागरिकले जर्मनी प्रवेश गर्न पाउने भएका छन् । कोरोनाविरुद्धको खोप प्राप्त गरेका नागरिकले जर्मनी पुगेपछि क्वरेण्टीनमा बस्नु नपर्ने भनिएको बीबीसीले उल्लेख गरेको छ।

खोप नलगाएकाहरूले भने १० दिनसम्म क्वरेण्टीनमा बस्नुपर्नेछ । तर उनीहरूको पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वरेण्टीनबाट बाहिरिन पाउने छन् । अहिलेसम्म यात्रा प्रतिबन्ध लागेका पाँच देशलाई कोरोनाको डेल्टा भेरियन्ट र डेल्टा प्लस भेरियन्ट फैलिएका कारण भाइरस भेरियन्ट क्षेत्रका रूपमा वर्गीकरण गरिएको थियो ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया