एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - नारायणगढ–मुग्लिङ सडक बन्द हुँदा तीन हजार बढी गाडी रोकिएका छन् । तीन दिनदेखि बाटो नखुल्दा सडकमा गाडीको लामो लाम लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जाममा फसेकाहरु काेही बिरामी भएका र कसैले खान समेत नपाएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताउनुभयो । उहाँले सडक पहिरो पन्छाउने काम भइरहेको तर जोखिम कायमै रहेकाले पूर्वबाट आउने गाडीलाई बर्दिवास र हेटौँडाबाट काठमाण्डौ छिर्न आग्रह गर्नुभएको छ ।
तीन हजार भन्दा धेरैको सङ्ख्यामा रहेका गाडी, यात्रु र चालकले सडक खुल्ने प्रतीक्षा गरिरहेको उहाँको भनाइ छ । नारायणगढ–मुग्लिङ सडकका फराकिला सडक र खुला ठाउँमा पनि गाडी रोकि राखिएको छ । हिँड्नैपर्ने भए वैकल्पिक सडक प्रयोग गर्न उहाँको आग्रह छ ।
एक हप्तायता सडकमा पहिरो र लेदो माटो बग्दा दुःख दिइरहेको पनि चितवनका ट्राफिक प्रहरी प्रमुख थापाले बताउनुभयो । मनसुन सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरोले सडक बन्द हुने, खुलाउने फेरि पहिरो जाने शृङ्खला चलिरहेको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका–२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिरो खसेको छ ।
सेतीदोभानमा सडक खुलाउन जुटिरहेको पनि उहाँले जानकारी दिनुभयो । केही वर्षअघि ठाउँठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडक खण्डलाई विस्तार र पहिरो रोकथामको काम गरिएको थियो । तीन वर्षअघि काम सम्पन्न भएपछि अघिल्ला दुई वर्षमा खासै समस्या भएको थिएन ।
तर यस वर्ष भने मौसम सक्रिय भएसँगै पहिरो झरिरहेको छ । सामान्य अवस्थामा नारायणगढ–मुग्लिङ सडकमा दैनिक झण्डै १० हजार गाडी आवतजावत गर्ने गरेको तथ्याङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।