२४ घण्टामा २ हजार ६ सय ३४ जनामा काेराेना सङ्क्रमण, १ हजार ५ सय ६५ जना निकाे

 असार २२, २०७८ मंगलबार १७:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ३४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार पाँच सय तीन जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय १८ जना र पाँच हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय १६ जना गरी दुई हजार ६ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४८ हजार ८५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९ हजार नौ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ६५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १२ हजार नौ सय ९४ जना पुगेको छ । अहिले नेपालमा २५ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै काेराेना सङ्क्रमणका कारण थप १५ जनाकाे ज्यान गएसँगै काेराेनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार दुई सय ६३ पुगेको छ ।  

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया