हिमालय एअरलाइन्सका टिकट कम्पनीकै वेबसाइटबाट बुकिङ गर्न मिल्ने

 असार २३, २०७८ बुधबार १५:४३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिमालय एअरलाइन्सले आफ्नो वेबसाइटमै गएर ग्राहकले टिकट बुकिङ गर्न सक्ने प्रणालीको सुरुवात गरेको छ । ग्राहकहरूले कम्प्युटर वा माेबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्सकाे वेबसाइट https://him-air.com बाट बुकिङ गर्न  सक्नेछन् ।

अहिले यो सेवा प्रारम्भिक चरणमा भएकाले कनेक्ट आईपीएस (connectIPS) प्रयोग गर्ने ग्राहकहरूले टिकट खरिद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै:- उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण –पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सक्नेछन् । एअरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तै ब्यागेजको पूर्व बुकिङ, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आउँदा चरणहरू मार्फत् नवीनतम सेवा सुरु गर्ने योजना बनाएको छ ।

नयाँ वेबसाइट सुरुवातको बारेमा टिप्पणी गर्दै अध्यक्ष जोउ इन्योङ्ले अनलाइन टिकटले ग्राहकलाई सरल, छिटो–छरितो र अधिक सुविधा प्रधान गर्ने बताउनुभयो । त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले यो कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धि भएको दाबी गर्दै ग्राहकहरूसँग नजिकको सम्बन्ध कायम राख्न कम्पनी तत्पर रहेको बताउनुभयो । 

नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्सले चार वटा जहाजबाट अबुधाबी, बेइजिङ, छोङछिङ, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियादमा उडान गर्दै आएको छ ।  

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया