शेयर बजार लगातार चौथो दिन पनि घट्यो, साढे चार अर्ब रुपैयाँको कारोबार

 असार २३, २०७८ बुधबार १६:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिनदेखि ओरालो लागेको शेयर बजार लगातार चौथो दिन बुधवार पनि घटेको छ । नेप्से आज १६ दशमलव ९७ अङ्कले घटेर दुई हजार आठ सय एक दशमलव १३ विन्दुमा झरेको छ ।

आज विकास बैंक र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको झण्डै चार अङ्कले, व्यापारको १३, जलविद्युतको ५९, होटलको ७४, फाइनान्सको ३३, जीवन बीमाको ७५, निर्जीवन बीमाको एक सय ४४, उत्पादनको एक सय ३३ र अन्य समूहको शेयर १८ अङ्कले घटेको छ ।

आज दुई सय २२ कम्पनीका एक करोड १६ लाख कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै छिमेक लघुवित्त कम्पनीको ४३ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज माथिल्लो तामाकोशी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।   

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया