भारतीय प्रधानमन्त्री  मोदीद्वारा मन्त्रिपरिषद् विस्तार

 असार २४, २०७८ बिहिबार ५:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आफ्नो दोस्रो कार्यकालमा उहाँले पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।

पुनर्गठित मन्त्रिपरिषद्मा ४३ जना नयाँ मन्त्री अटाएका छन् । यसमध्ये १५ जना ‘क्याबिनेट’ मन्त्री र २८ जना राज्यमन्त्री रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै ७६ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मध्य प्रदेशमा भाजपा सरकार बनाउन भूमिका खेल्ने ज्योतिरादित्य सिन्धियादलाई पनि मन्त्री बनाइएको छ ।

सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल पुनर्गठन गरिएको भन्दै मोदीले मन्त्रिमण्डल फेरबदलसँगै अब कार्यशैली पनि बदलिने बताउनु भएको छ । नयाँ मन्त्रिमण्डलले नयाँ जोस र जाँगरका साथ काम गर्ने उहाँको दाबी छ । मन्त्रिपरिषद् विस्तार अघि प्रधानमन्त्री मोदीले राज्यमन्त्रीसहित १२ जना मन्त्रीलाई पदबाट हटाउनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया