पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै - अमेरिकाले जतिसक्दो छिटो खोप उपलब्ध गराउन नेपाल सरकार र कोभ्याक्ससँग नजिकबाट काम गरिरहेको बताएको छ । काठमाण्डाैमा रहेको अमेरिकी दूतावासका प्रवक्ता एना रिची एलनले नेपालमा चाँडोभन्दा चाँडो प्रयोग गर्न मिल्ने गरी खोप ल्याउने उद्देश्यले काम भइरहेको बताउनुभयो ।
सुरक्षित र प्रभावकारी रूपमा नेपालमा खोप भित्र्याउन कानुनी र बन्दोबस्तीका चुनौती सकेसम्म चाँडो सम्बोधन गर्ने प्रयत्न गरिरहेको उहाँको भनाइ छ । अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण अहिलेसम्म खुलाइएको छैन । दुई हप्ताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको बताएका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहित एसिया प्रशान्त क्षेत्रका १७ वटा देश र प्यासिफिक आइल्यान्डलाई दुई करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गएको जुन महिनामा गरेको थियो । अघिल्लो हप्ता अमेरिकाले दक्षिण एसियाका पाकिस्तान र बङ्गलादेशलाई २५/२५ लाख मात्रा खोप उपलब्ध गराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।