इजरायलले दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

 असार २४, २०७८ बिहीबार १३:२६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इजरायलले दिएको ५८ थान भेन्टिलेटरसहित २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको जहाजले आज बिहीवार बिहान स्वास्थ्य सामग्री काठमाण्डौ ल्याएको हो । 

नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वास्थ्य सामग्री परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीलाई हस्तान्तरण गरेको छ । इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्था, व्यावसायिक क्षेत्र, नेपाली दूतावास र इजरायलमा रहेका नेपालीहरूबाट सहयोग स्वरूप स्वास्थ्य सामग्री नेपाल आएको इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले बताउनुभयो । 

५८ थान भेन्टिलेटर, एक सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयूसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्री नेपाल पठाइएको र थप सहयोग जारी राख्ने राजदूत शाक्यको भनाइ छ ।

कोरोनासँग सम्बन्धी इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमान्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणसमेत पठाएको राजदूत शाक्यले बताउनुभयो ।  

अन्तिम अपडेट: कात्तिक २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया