एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
रसुवा – बर्खाका कारण रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सडक खण्डको स्तरोन्नतिको काम रोकिएको छ । बर्खा सुरु भएसँगै सडकको विभिन्न ठाउँमा पहिरो गएको र जोखिम बढेका कारण काम रोकिएको हो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका अनुसार बर्खा सकिएपछि मात्र स्तरोन्नतिको कामले निरन्तरता पाउने छ । मैलुङ–स्याफ्रुबेसी सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएको, दुई तीन ठाउँमा त्रिशूली नदीले काटेर बाटो नै लगेको र जोखिम क्षेत्र भएका कारण काम रोकिएको योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।
बर्खा सुरु हुनुभन्दा अगाडि ग्याबिन लगाउने, सडक चौडा गर्ने, पर्खाल लगाउने काम भइरहेको थियो । अहिलेसम्म यो सडकको स्तरोन्नतिको काम १५ प्रतिशत सकिएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दुरीको यो सडक खण्डको स्तरोन्नतिको काम गएको तिहारपछि सुरु भएको थियो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने गरी काम सुरु गरेको हो । योजनाको पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम थियो । सडक चौडा बनाउने काम ६५ प्रतिशत सकिएको थियो ।
मैलुङदेखि स्याफ्रुबेसीको दुरी १९ किलोमिटर रहेको छ । २०७५ जेठ ६ गते मैलुङ–स्याफ्रुबेसी सडकको ट्र्याक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो ।
यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।