दार्चुलामा बाढी–पहिराे : तीन जनाकाे ज्यान गयाे, जलविद्युत् आयाेजनाकाे पावर हाउस बगायाे

 असार २४, २०७८ बिहीबार १५:३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

दार्चुला – दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको ज्यान गएको छ । नौगाड गाउँपालिका ३ मा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ७२ वर्षीया गेउली ठगुन्ना र उहाँकी तीन महिनाकी नातिनी मन्जरी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै नौगाड ३ कै २९ वर्षीय लक्ष्मण सितौलीको पनि पहिरोमा परेर ज्यान गएको छ । बाढी र पहिरोले ज्यामिर जलविद्युत् आयोजनाको पावर हाउस बगाएको छ ।

त्यस्तै नौगाड ६ मा पानी घट्ट, तीन वटा पुल र खानेपानी आयाेजना बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जनाकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया