एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीवारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले अहिले कायम जारी पुँजी दुई अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो ।
यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख २२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषका लागि तथा थप पाँच प्रतिशत शेयर बराबर तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीका लागि छुट्याइ बाँकी ५८ लाख पाँच हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीले २०७४ असोज ४ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । आईपीओ निष्कासनका लागि इक्रा रेटिङबाट रेटिङ गराएको यस कम्पनीले ट्रिपल बी (बीबीबी) रेटिङ पाएको छ ।
आईपीओमा आवेदन दिन चाहने इच्छुक लगानीकर्ताले २८ गते बेलुकी ५ बजेभित्र आवेदन दिन सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।