२४ घण्टामा १ हजार ८ सय ७५ जनामा काेराेना सङ्क्रमण, १ हजार २ सय ८६ जना निकाे

 असार २४, २०७८ बिहीबार १७:२५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार तीन सय ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय १८ जना र पाँच हजार एक सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ५७ जना गरी एक हजार आठ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा ६ लाख ५१ हजार तीन सय ८० जना र एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ४१ हजार चार सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ८६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । नेपालमा अहिले कोरोना निको हुने दर ९४ दशमलव पाँच प्रतिशत रहेको छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण थप २९ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार तीन सय २० पुगेको छ ।

अहिले नेपालमा २७ हजार एक सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया