एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
रुकुम पश्चिम – उज्यालो सहकर्मी राजु लामिछाने रुकुम पश्चिममा सम्मानित हुनुभएको छ । रुकुम पश्चिमकाे मुसिकोट नगरपालिकाले लामिछानेलाई नवाैँ नगर सभा २०७८ को अवसरमा पुरस्कृत गर्दै सम्मान गरेको हो ।
मुसिकोट नगरपालिकाको नीति, योजना तर्जुमा, विकास निर्माण, सुशासन, सेवा प्रवाह तथा सामाजिक सचेतना प्रवर्द्धनलगायत समृद्धिका गतिविधिलाई पत्रकारिताको माध्यमबाट प्रचारप्रसार, प्रकाशन तथा प्रसारण गरी उल्लेखनीय योगदान पुर्याएकाे भन्दै नगरपालिकाले उहाँलाई सम्मान गरेको हो ।
लामिछानेसँगै नगरपालिकाले कान्तिपुर दैनिकका हरि गौतम, नेपाल टेलिभिजनका अमरराज पुन र रेडियो सानीभेरीका परिचन्द्र खत्रीलाई सम्मान गरेको छ । नगरपालिकाको नवौँ नगर सभाको अवसरमा नगद १२ हजार पाँच सय रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले उहाँहरूलाई सम्मान गरिएको हो ।
पत्रकारका साथै विभिन्न क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।