भारतमा कोरोनाकाे तेस्रो लहरको जोखिम, २३ हजार करोडको प्याकेज ल्याउने घोषणा

 असार २५, २०७८ शुक्रबार ६:५३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - भारतले कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमितको उपचारका लागि भन्दै २३ हजार करोडको प्याकेजको घोषणा गरेको छ ।

नवनियुक्त केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले यो प्याकेजमार्फत जिल्लास्तरमा अक्सिजन, औषधि आपूर्ति  र अस्पतालमा बेडको सङ्ख्या बढाइने बताउनु भएको छ । यस्तै भारतमा कोरोनाको तेस्रो लहरको जोखिम बढेको र यसले बालबालिकाको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले यो प्याकेजले विशेषगरी बालबालिकालाई समेट्ने उहाँले बताउनु भएको छ ।

भारतका सबै जिल्लाका अस्पतालमा बालबालिकाका लागि विशेष वार्डसँगै २० हजार आईसीयू बेडको पनि व्यवस्था गरिने छ । यस्तै हरेक जिल्लामा १० हजार लिटर अक्सिजनको मौज्दात राख्ने व्यवस्था गरिने भारत सरकारले जनाएको छ । यसअघि पनि भारतले कोरोना रोकथाम तथा उपचारका लागि १५ हजार करोड रुपैयाँको प्याकेज ल्याएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया