कोरोना सङ्क्रमण कम भएसँगै भारतमा विद्यालय खुलाउने तयारी

 असार २५, २०७८ शुक्रबार ७:३०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् । उत्तराखण्ड, आन्ध्र प्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने तयारी गरेका हुन् । दिल्लीमा भने सङ्क्रमणको जोखिम नै रहेकाले तत्काल विद्यालय नखुल्ने त्यहाँको सरकारले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डमा आउँदो सोमवारदेखि कक्षा १ देखि १२ कक्षासम्मका विद्यालय खुल्ने छ । तर, विद्यार्थी तत्काल विद्यालय जाने छैनन् । विद्यालयमा शिक्षक मात्र जाने छन् । विद्यार्थी घरमै अनलाइनमार्फत पढ्नेछन् । यस्तै, बिहारमा कक्षा १० देखिमाथिका कक्षाको पढाइ सोमवारदेखि नै सुरु हुनेछ । यसका लागि ५०, ५० प्रतिशतमा विद्यार्थीलाई आलोपालो गरी विद्यालयमा बोलाइने छ ।

महाराष्ट्रमा आउँदो ३१ गतेदेखि कक्षा ८ देखि १२ कक्षासम्मको पढाइ हुनेछ । त्यसैगरी आन्ध्र प्रदेशमा अर्को महिना विद्यालय खुलाउने तयारी छ । राजस्थानमा भने विद्यालयमा नयाँ भर्नाका लागि अनुमति दिइएको छ । तत्काललाई भने विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिलाई अनुमति दिइएको छैन । त्यसैगरी उत्तर प्रदेशका विद्यालयमा साउन ४  गतेदेखि ९ देखि १२ कक्षासम्मको पढाइ हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया