‘पुलहरू के–कति कारणले भत्केका हुन्, समितिलाई जानकारी गराउनू’

 असार २५, २०७८ शुक्रबार १९:१४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सडक आयोजना तथा पुलको गुणस्तरमा ध्यान दिन र यो वर्ष भत्केका पुल के–कति कारणले भत्केका हुन् भन्ने विषयमा समितिलाई जानकारी गराउनका लागि सडक विभागलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले नागढुङ्गा–नाैबिसे सुरुङ मार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । 

समितिको शुक्रवार बसेको बैठकले नागढुङ्गा–नाैबिसे सुरुङ मार्ग आयोजनाको काम समयमै सक्ने गरी गर्न र आयोजनाकाे अद्यावधिक प्रगति लगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको छ । 

बैठकले नागढुङ्गा–नाैबिसे सुरुङ मार्ग आयोजनाको बढी बजेट र मूल्य अभिवृद्धि करसम्बन्धी पर्न गएको असमझदारी र त्यसको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण पनि गराएको छ ।

यस्तै राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने सबै मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप तत्काल उपलब्ध गराउन पनि समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नागढुङ्गा–नाैबिसे सुरुङ मार्ग आयोजनाको स्थलगत अवलोकन गर्न आयोजनास्थल जाने निर्णय गरेको पनि समिति सभापति भट्टले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया