धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - आज मनसुन केही कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा पानी परेको र कतै घाम लागेको छ । हिजो अस्तिको तुलनामा मनसुन केही कम सक्रिय भएका कारण कतै घाम लागेको र कतै पानी परेको मौसमविद्ले बताएका छन् ।
काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा घाम लागेर मौसम सफा भए पनि दिउँसो भने फेरि बद्ली भइ पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो । अहिले सुदूरपश्चिम प्रदेशको केही ठाउँ, गण्डकी र वाग्मती प्रदेशको धादिङ जिल्ला आसपासका केही ठाउँमा पानी परिरहेको छ ।
गएराति इलामको शोक्तिम चिया बगान क्षेत्रमा ठूलो पानी परेको छ । आज दिउँसो प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । भोलि भने देशभर मौसम बद्ली भइ पानी पर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।