एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
सप्तरी - सप्तरीको महादेवामा बिरामी परेकाहरुको अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली पुगेको छ । महादेवा गाउँपालिका वडा नम्बर २ मा अज्ञात रोगबाट अस्ति सीतादेवी रजकको ज्यान गएको थियो ।
अरु २५ जना स्थानीय बासीन्दा बिरामी परेका थिए । धान रोपाइँमा गएकाहरुले खाएको खाजाले फुडपोइजन भएको हुन सक्ने डाक्टरले बताएका सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । अहिले धेरै बिरामी निको भएर घर फर्किसकेका छन् भने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र विराटनगरमा दुई जनाको उपचार भइरहेको छ ।
धेरैजना एकैपटक बिरामी भएपछि गाउँमा स्वास्थ्यकर्मीको टोली पठाइएको छ । आज तिलाठीको इलाडी र महादेवामा पुगेको स्वास्थ्यकर्मीको टोलीले त्यहाँ रहेका बिरामीको अवस्था बुझ्ने र आवश्यक परे अस्पताल रेफर गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
बिरामीमा टाउको दुख्ने, बान्ता हुने, पेट दुख्ने, ज्वरो आउने र पखाला लाग्ने जस्ता समस्या देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।