एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
रसुवा - पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु-रसुवागढी सडक खण्डमा रहेकाे रोङ्गाखोलामा गएको पहिरोको कारण सडक अवरुद्ध भएको हो ।
ठूलो पहिरो गएका कारण ब्लास्टिङ गरेर सडक सञ्चालनमा ल्याउनुपर्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सुरक्षा समितिको बैठक बसेर ब्लास्टिङ गर्ने निर्णय गरिएको र ब्लास्टिङ पश्चात सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।
बर्खा सुरु भएसँगै जिल्लाको प्रमुख सडकहरूमा पहिरो जाने गरेको छ । यस वर्ष पनि दैनिकजसो सडक अवरुद्ध भइरहेको छ । पहिरोको कारण मैलुङ-स्याफ्रु सडक खण्ड असार १ गतेदेखि बन्द छ । पासाङ ल्हामु सडक भने पहिरो पन्छाएर सञ्चालनमा ल्याउने गरिएको छ । आज अन्य क्षेत्रमा सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।