काठमाण्डाै उपत्यकामा एक घण्टामै ५० मिलिमिटर पानी पर्‍याे, घट्टेकुलाे डुबानमा

 असार २६, २०७८ शनिबार १६:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा शनिवार दिउँसाे ठूलो पानी परेको छ । काठमाण्डौमा गएको एक घण्टामै ५० मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

ठूलो पानीसँगै काठमाण्डौका विभिन्न खोलामा बाढी आएको छ । रुद्रमतीमा बाढी आउँदा अनामनगर क्षेत्रको सडक तथा छेउछाउका घरमा समेत पानी पसेको छ । यस्तै काठमाण्डाैकाे घट्टेकुलाे क्षेत्र पनि डुबानमा परेकाे छ ।

वाग्मती, मनोहरा, हनुमन्ते, गोदावरी लगायतका नदीमा पनि पानीको बहाव बढेको छ । कतिपय ठाउँको सडकमा पनि पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाण्डौमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्ययम र केही ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले धेरै ठाउँमा पानी परिरहेको हो । सोमवारसम्म नै मनसुन सक्रिय भइरहने भएकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 

तस्बिर : भुवन केसीकाे फेसबुकबाट 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया