एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार एक सय ६९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ३० जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५३ जना र तीन हजार आठ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय १६ जना गरी दुई हजार एक सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ५४ हजार दुई सय १२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४३ हजार ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै २४ घण्टामा एक हजार चार सय ३२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १८ हजार तीन सय ६१ जना पुगेको छ ।
यस्तै थप २२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार तीन सय ६२ जना पुगेको छ ।
अहिले नेपालमा २६ हजार चार सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।