आज एकता सम्बन्धी सहमति सार्वजनिक हुने एमाले कार्यदलको दाबी

 असार २७, २०७८ आइतबार ७:२२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलका नेताहरुले आज एकता सम्बन्धी सहमति सार्वजनिक हुने दाबी गरेका छन् ।  आज बिहान ८ बजे बस्ने कार्यदलको बैठकले सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने उनीहरुको भनाइ छ ।

‘विवाद समस्या समाधान गर्दै आज एमालेले  आफ्ना आमकार्यकर्तालाई एकताको सन्देश दिँदैछ’, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्ण विष्टले भन्नुभयो– ‘दलभित्रको समस्या समाधान गर्ने बिन्दुमा पुगेका छौँ, सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ । ’

एमालेलाई एकताबद्ध बनाएर कम्युनिस्ट आन्दोलनको रक्षा र नेपालीको चाहनालाई सम्बोधन गर्नका लागि आज एकताको घोषणा गरिने उहाँले बताउनुभयो । एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टीमा देखिएको समस्या समाधानको अन्तिम बिन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताउनुभयो । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया