खोटाङको बराहपोखरीमा जग्गा अतिक्रमण गरेर बनाइएका घर भत्काइयो

 असार २७, २०७८ आइतबार ७:५८:९ | दमन राई
unn.prixa.net

खाेटाङ - खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा भत्काएको छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरालाई डोजर लगाएर भत्काएको हो ।

शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरा हटाउनका लागि तीन पल्ट दिइएको समयलाई स्थानीयले बेवास्ता गरेपछि २०७७ साल मंसिर १८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले १० दिन दिएर मंसिर २१ गते २७ व्यक्तिको नामावलीसहित अन्तिम पटक सूचना जारी गरेको थियो । सूचनालाई बेवास्ता गरेर बसेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा घर–टहरा भत्काइएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो ।

सरकारको सय वटा गन्तव्यको सूचीमा बराहपोखरी पनि समावेश गरेको छ । कतिपय स्थानीयले आफैँ घर भत्काइसकेका थिए । तर, अटेर गरेका तीन वटा सग्लो घरलाई भत्काउनु परेको गाउँपालिकाको प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया