हामीले त्यो पक्ष र यो पक्ष भन्ने बिर्सिसक्यौँ, अहिले हामी उहाँहरुलाई पर्खिराखेका छौँ–नेम्वाङ

 असार २७, २०७८ आइतबार ९:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्दै छ । कार्यदलका नेताहरुले आज एकता सम्बन्धी सहमति सार्वजनिक हुने दाबी गरेका छन् ।  बैठकका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु सिंहदरबार पुगिसकेका छन् । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने पुगेका छैनन् ।

ओली समूहबाट कार्यदल संयोजक रहेका नेता सुवास नेम्वाङले आफूहरु बैठकका लागि पुगिसकेको र माधव नेपाल समूहलाई पर्खिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले यो पक्ष र त्यो पक्ष भन्ने कुरा बिर्सिसकेका छौँ, अहिले हामी उहाँहरुलाई पर्खिरहेका छाैँ ।’आज सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने कार्यदलका नेताहरुले बताएका थिए ।

हिजो दुवै पक्षका नेताहरुले आज बिहान ८ बजे बैठक बसेर एकता सम्बन्धी सहमतिको घोषणा गर्ने बताएका थिए । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया