खोटाङको बाघेढुङ्गा सब–स्टेशन सञ्चालन

 असार २७, २०७८ आइतबार १३:०:२४ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको बाघेढुङ्गामा नेपाल विद्युत प्राधिकरणको सब–स्टेशन सञ्चालनमा आएको छ ।

स्टेशन ट्रान्सफर्मरले लोड दिन नसकेको अवस्थामा केन्द्रबाट प्राविधिक बोलाएर मर्मत गरेर सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताउनुभयो । 

गाइघाट–दिक्तेल ३३ केभी प्रशारण लाइन अन्तर्गत वर्षौँअघि निर्माण भएको सब–स्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन । बाघेढुङ्गा सब–स्टेशन प्राधिकरणले खोटाङमा निर्माण गरेको दोश्रो सब–स्टेशन हो ।

बाघेढुङ्गा सब–स्टेशनको सिमपानी–लिच्कीराम्चे फिडरबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका तथा साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाको केही गाउँमा विद्युत वितरण हुने प्राधिकरणले जनाएको छ । 

यसअघि बुईपा सब–स्टेशनबाट राजापानी फिडर हुँदै यी गाउँपालिकामा बिजुली बल्ने गरेको थियो । उदयपुरको गाईघाटबाट खोटाङको बुईपा सब–स्टेशनसम्म ३३ केभी प्रसारण लाइन प्रवाह हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया