एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रूपमा प्राविधिक सामान खरिद नगर्न सचेत गराउनुभएकाे छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयो, ‘इक्विपमेन्ट चाहिए पनि नचाहिए पनि किन्ने । नचाहिएका इक्विपमेन्ट नखोलिकन राख्ने अनि देशकाे क्षति पुर्याउने जस्ता काम नहून् । किन्न आवश्यक पर्दा किन्ने हो । किन्न रुचि राख्न हुँदैन सामान । किनेर सामान निष्क्रिय बनाएर राख्ने, तिनको प्रयोग नगर्ने र प्रयोजनविहीन बनाएर राख्ने र देशलाई ठूलो घाटा । त्यो खालका कुरा हुनुहुँदैन । हामीले हरेक चिजको सदुपयोग गर्नुपर्छ । सक्रिय सदुपयोग हुनुपर्छ ।’
सडकमा फालिएका प्लास्टिक टिपेर गरी पुनः प्रयोगमा ल्याउने गरेको प्रसङ्ग उल्लेख गर्दै अनावश्यक सामान खरिद गरेर प्रयोगविहीन बनाइ देशलाई घाटा हुने काम नगर्न पनि उहाँले सचेत गराउनुभएकाे छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने गरी सरकारले प्रयास अघि बढाएको बताउनुभएको छ । सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरी सरकारले पहलकदमी अघि बढाएको उहाँले बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले युनिफाइड केन्द्रीय अस्पतालले नयाँ सफलता हासिल गरेको भन्दै पूर्ण क्षमतामा अविलम्ब सञ्चालन गर्न निर्देशन दिनुभयो । अस्पतालका लागि आवश्यक दरबन्दी पनि वृद्धि गरिएको र आवश्यकताअनुसार अत्यावश्यक सामानलगायत मानवीय जनशक्तिको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउँदै उहाँले बिरामीलाई गुनासोरहित सेवा प्रदान गर्न पनि सचेत गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।