एक महिनादेखि हराइरहेकी महोत्तरीकी एक युवतीकाे शव शौचालय बनाउन खनेको खाल्डाेमा भेटियो

 असार २७, २०७८ आइतबार १४:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – झन्डै एक महिनादेखि हराइरहेकी महोत्तरीको लोहारपट्टी भ्रमरपुराकी सुजिता ठाकुरको शव आज (साेमवार) शौचालय बनाउन खनेको खाल्डाेमा भेटिएको छ । २७ वर्षीया ठाकुरको शव उनकै ससुरा पतिरामको खेतमा निर्माणाधीन शौचालयको सेप्टी ट्याङ्कीमा सडेको अवस्थामा भेटिएको हो । 

सुजिताकाे शव नौ फिट गहिरो सेप्टी टयाङ्कीको भित्र चार फिट गहिरो अर्को खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताउनुभयो । शवमाथि ढलानसमेत गरिएको थियो । 

सङ्घीय प्रहरी, प्रदेश प्रहरी, जिल्ला प्रहरी र अभियन्ता सरोज रायको संयुक्त प्रयासमा शव भेटाउन सफल भएको विष्टले बताउनुभयो । प्रहरीले गएकाे असार १३ गते सुजिताका श्रीमानको खेतमा चार फिट गहिरो खाल्डाे खन्दा कपाल, नुन, मलखाद, तन्ना र डोरी फेला पारेको भए पनि पूरै शव भेटाउन सकेको थिएन । 

गएको जेठ २० गते सुजिताको हत्या भएको प्रहरीको अनुमान छ । श्रीमान् र ससुराले उनको हत्या गरेको माइती पक्षको आरोप छ । प्रहरीले पनि सुजिताको हत्या परिवारकै सदस्यले गरेको शङ्का गर्दै श्रीमान् र देवरलाई पक्राउ गरेको छ ।  बाँकी रहेका सुजिताकी सासू, ससुरा र देवरानी भने अहिले पनि फरार रहेका छन् । उनीहरू भारतमा लुकेर बसेको हुन सक्ने प्रहरीले आशङ्का गरेकाे छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया