एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गराएर नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिउँताएकाे अवस्थामा आफूले नेकपा एमाले रोजेर बैठकमा समेत उपस्थिति भएको बताउनुभएकाे छ ।
आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य गौतमले पार्टी अध्यक्ष ओलीले २०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफू बैठकमा सहभागी भएको स्पष्ट पार्नुभयो । वामदेव केपी ओलीतर्फ गएको भन्ने हल्ला भएको भन्दै उहाँले आफू केपी ओलीतिर नभइ आफू एमाले भएको प्रमाण पेस गर्न बैठकमा गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले केही समय पहिले नेकपा हुँदा खेरी भएको पार्टी विभाजनमा म कतै पनि सामेल हुन पाइनँ, सकिनँ र मलाई मन लागेन । अहिले म नेकपा एमाले पुनर्स्थापित भएपछि मैले एमाले रोज्नै पर्याे । म एमालेको एउटा सदस्य हुँ । जिम्मेवार व्यक्ति पनि हुँ । जिम्मा पाएँ त्यो निर्वाह गर्ने व्यक्ति पनि हुँ । त्यसो भएर म केही समय पहिले पार्टी अध्यक्ष कमरेड केपीले २०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो र म त्यो बैठकमा भाग लिन गएँ । धेरै मानिसले वामदेव केपीतिर गयो भनेर भने । मैले यो सभामार्फत हाम्रो देशका सबै जिम्मेवार राजनीतिज्ञलाई, नागरिकलाई जानकारी गराउन चाहन्छु, म कुनैतर्फ गएको होइन । म नेकपा एमाले भएको हुनाले त्याे प्रमाण पेस गर्न म गएको हो । तर मैले पार्टीमा गइसकेपछि जे भूमिका निर्वाह गर्छु भनेको थिएँ त्यो भूमिका यद्यपि मैले प्राप्त गर्न सकिनँ ।’
राष्ट्रिय सभा सदस्य गौतमले सत्तारुढ नेकपा एमालेले गरेको अराजनीतिक क्रियाकलाप, संविधान र ऐन, नियम कुल्चने क्रियाकलापले नेपाली नागरिककाे शिर निहुँराउने अवस्था सिर्जना गरेको टिप्पणी पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।