वायु सेवा निगम निजीकरण गर्ने कुनै योजना छैन : मन्त्रालय

 असार २७, २०७८ आइतबार १६:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।

निगमलाई निजीकरण गर्ने तयारी भइरहेको भन्दै अहिले निगमकै कर्मचारी आन्दोलनमा छन् भने चौतर्फी विरोध पनि भइरहेको छ । तर मन्त्रालयले भने आज आइतवार विज्ञप्ति निकालेर निगमलाई निजीकरण गर्ने र निगमलाई रूपान्तरण गर्ने अहिलेसम्म कुनै योजना र कार्यक्रम नभएका स्पष्ट पारेको छ ।

निजीकरणको प्रक्रियाका बारेमा कुनै छलफल नै नभएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएको छ, निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रूपान्तरण गर्ने कुनै योजना एवम् कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा अहिलेसम्म कुनै छलफलसमेत नभएको ब्यहाेरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ । 

निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यका सम्बन्धमा विभिन्न व्यक्तिबाट भइरहेको गलत सूचनाप्रति पनि मन्त्रालयले चासो जनाउँदै सत्य/तथ्यको पक्षमा उभिन अपिल गरेको छ ।

  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया