एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक हजार आठ सय ३१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार पाँच सय ३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय ३७ जना र तीन हजार ६ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ९४ गरी एक हजार आठ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।
आज सङ्क्रमण पुष्टि भएकासँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ९९ हजार ८८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या ६ लाख १९ हजार आठ ९४ जना पुगेको छ ।
यस्तै कोरोना सङ्क्रमणबाट थप २० जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार तीन सय ८२ पुगेको छ ।
अहिले नेपालमा २६ हजार एक सय ७३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।