एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले संसद् छलेर अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताउनुभएको हो । उहाँले सरकारले नागरिकको हित विपरीत आफ्नो अभिष्ट पूरा गर्नका लागि राज्य सञ्चालन गरिरहेको बताउनुभयो ।
आफैँ कानुन बनाउने, कार्यान्वयन गर्ने र कानुनको व्याख्या गरेर सरकारले निरङ्कुशता र अनुत्तरदायी प्रस्तुत गरेको राष्ट्रिय सभा सदस्य देवकाेटाले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यदि सरकारले अध्यादेशबाट मात्रै सत्ता सञ्चालन गर्ने हो भने यो तानाशाही हुन्छ । त्यसैले नागरिकको हित विपरीत सरकारले आफ्नो अभिष्ट पूरा गर्नका लागि अध्यादेशको माध्यमबाट राज्य सञ्चालन गर्छ । आफैँ कानुन बनाउने, आफैँ कार्यान्वयन गर्ने र आफैँ कानुनको व्याख्या गर्ने यो प्रजातन्त्रभित्रको निरंकुशता हो । अनुत्तरदायी हो । यो सरकारको यही प्रमाण हो भन्ने मलाई लागेको छ ।’
उहाँले सरकारले घोषणा गरेअनुसार कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको बताउनुभयो । जोखिम भत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल नबढेको राष्ट्रिय सभा सदस्य देवकाेटाकाे भनाइ छ । शिक्षा क्षेत्र पनि तहसनहस भएको उल्लेख गर्दै उहाँले कोभिड–१९ विरुद्धको खोप नपाइ विद्यालय सञ्चालन गर्न नसक्ने भनेर शिक्षकहरू आन्दोलित भइरहेको भए पनि सरकार बेखबर रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य देवकाेटाले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा अग्रपङ्क्तिमा खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने भनेर सरकारले निर्णय गर्याे । तर आजसम्म ती स्वास्थ्यकर्मीले जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । उनीहरूको मनोबल बढ्न सकेको छैन । शिक्षा क्षेत्र त्यस्तै तहसनहस छ । नो भ्याक्सिन, नो स्कुल भनेर शिक्षकहरू आन्दोलित छन् । तर सरकार बेखबर छन् ।’
उहाँले महिला हिंसाको घटना बढिरहेकाे भन्दै यस्ता संवेदनशील विषयमा फास्ट ट्र्याकका माध्यमबाट अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा ल्याउन सरकारले ढिला गरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।