जसपा एकीकरण बदरको माग गर्दै सर्वोच्चमा रिट

 असार २७, २०७८ आइतबार १९:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । 

दुई पार्टीको एकीकरण गर्दा प्रक्रिया नपुगे पनि निर्वाचन आयोगले मान्यता दिएको भन्दै अदालतमा रिट परेको हो । राजपाका तत्कालीन उपाध्यक्ष तथा अधिवक्ता राजकुमार थापाले आज आइतवार दायर गर्नुभएको रिटमा दुई पार्टी मिलाएर जनता समाजवादी पार्टीको मान्यता दिने निर्वाचन आयोगको २०७७ साल असार २४ गतेको निर्णय खारेजीको माग गरिएको छ । 

संविधान र कानुनअनुसारका प्रक्रिया र मापदण्ड पूरा हुनुपर्नेमा धेरै प्रक्रिया पूरा नभएको र महिला, समावेशीता लगायतका मापदण्ड पनि पालना नभएको रिटमा उल्लेख छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया