एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताउनुभएको छ ।
मन्त्री श्रेष्ठले आइतवार काठमाण्डाै उपत्यकाभित्रका स्थानीय स्काउट समितिको दीक्षान्त एवम् पद तथा गोपनीयताको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाइलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताउनुभएको हो ।
अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हरेक देशमा स्काउटको प्रमुख संरक्षक देशको राष्ट्राध्यक्ष हुने चलन छ । आजै म सभाध्यक्ष लोकबहादुर भण्डारीजीमार्फत यहाँहरू समक्ष प्रस्ताव राख्न चाहन्छु, हाम्रो यो देशको स्काउटको प्रमुख संरक्षक पनि सम्माननीय राष्ट्रपति हुनुपर्छ । हामीले राष्ट्रपतिज्यूलाई प्रमुख संरक्षक र कार्यकारी प्रमुख प्रधानमन्त्रीज्यूलाई संरक्षक र शिक्षा मन्त्री अथवा युवा तथा खेलकुदमन्त्री संरक्षक । यो ढङ्गले अगाडि बढायो भने स्काउटको अझ गरिमा उठ्छ । स्काउटको अझ हाइट बढ्छ ।’
मन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीकै निर्देशन अनुरूप आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमार्फत १३ हजार विद्यालयमा स्काउट अनिवार्य गरिएको बताउनुभयो । मन्त्री श्रेष्ठले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि स्काउटबाट प्रशिक्षित गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । स्काउटलाई अझै नयाँ र प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।