एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डौमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय युवा सङ्घ नेपालका युवाहरूले आइतवार काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दीविरुद्ध आफूहरू प्रदर्शनमा आएकाे उनीहरूले बताएका छन् । विपक्षी गठबन्धनमा संलग्न भएका राजनीतिक दलका विद्यार्थी सङ्गठनहरू चरणबद्ध आन्दोलनमा उत्रिएका बेला प्रधानमन्त्री तथा सरकारको समर्थनमा सत्तारुढ दलका युवाहरू पनि प्रतिकारात्मक प्रदर्शनमा उत्रिएका हुन् ।
राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले सरकारविरुद्ध चौतर्फी घेराबन्दी भएपछि आफूहरू प्रतिकारमा उत्रिएको बताउनुभयो । उहाँले राष्ट्रिय युवा सङ्घ नेपालले सरकारविरुद्ध भएका गतिविधिको जस्ताको तस्तै जवाफ दिने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, राष्ट्रिय युवा सङ्घ नेपालका नेता कार्यकर्ताको शरीरमा दुई थोपा रगत रहुञ्जेलसम्म तिमीहरूले हाम्रा नेताको पुत्ला जलाएर केही फरक पर्दैन । हाम्रो नेताको कुनै भुत्ला जल्नेवाला छैन । हामी तिमीहरूका हरेक किसिमका गतिविधिको जस्ताको तस्तै जवाफ दिन तयार छौँ ।
प्रदर्शनमा सहभागी युवाहरूले केपी ओलीको चित्र अनुहारमा कोरेका थिए । उनीहरूले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजी गर्नुको साथै नेपालको नक्सा र संविधान प्रदर्शनमा राखेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।