एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
डाेटी - लगातारको वर्षाका कारण डोटीमा तीन वटा घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सह–सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दकाअनुसार सायल गाउँपालिका–१ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको दुइ तले जस्ताले छाएको घर भत्किएको छ । उहाँको घरको तल्लो तला भत्किँदा गोठमा रहेका दुई वटा बाख्रा पुरिएर मरेका छन् ।
यसैगरी बडिकेदार गाउँपालिका–१ का धनबहादुर कलेलको दुई तले सिलेटले छाएको घर र दिपायल सिलगढी नगरपालिका–५ बागठाटाका जोगी भुलको ढुङ्गा माटोले बनेको दुई तले घर भत्किएको हो । घर भत्किँदा कम्तीमा पनि १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।
दिउँसोको समय भएकाले यी दुई भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिल्लामा केही दिनयतादेखिको वर्षाका कारण जोखिम बढेकाले सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।