एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहान साढे ४ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान ५ बजेदेखि नै पहिरो पन्छाउने काम भइरहेको छ । अहिले दुई वटा डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । सडकमा खसेको पहिरो हटाउन थप डोजर ल्याउने तयारी पनि भएको छ । पहिरो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।
मुग्लिङ-नारायणगढ सडक खण्डमा दिनहुँजसो पहिरो खसिरहेकाले यो सडक हुँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीको आग्रह छ । अत्यावश्यक काम नपरिकन यात्रा नगर्न र काम विशेषले हिँड्दा पनि सडकको अवस्था बारे जानकारी राख्न प्रहरीको अनुरोध छ । यसपालिको मनसुन सुरु भएसँगै मुग्लिङ-नारायणगढ सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।