कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक बस्दै

 असार २८, २०७८ सोमबार ८:१०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको हो । बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरेका छन् । हिजो भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ । कार्यदलले पार्टी विवाद समाधानका लागि दश बुँदे सहमतिको प्रस्ताव तयार पारेको छ ।

विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक–शुभेच्छुकहरू चिन्तित रहेकाले एकता अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ । दोस्रो तहका नेताहरुले गरेको सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाउनुभएको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न खोजेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया