सर्वोच्चको आदेशको सम्मान गर्दै पार्टी एकता जाेगाउन योगेश भट्टराईको आह्वान

 असार २८, २०७८ सोमबार १४:३२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशको सम्मान र स्वागत गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आदेशको सम्मान गर्दै उहाँले पार्टी एकता जोगाउनका लागि संयम र धैर्यताका साथ अघि बढ्न आह्वान पनि गर्नुभएको छ । 

उहाँले लेख्नुभएको छ, ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितिमा प्रतिनिधि सभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गर्दछु ।’  

यस्तै नेता भट्टराईले हिजो आइतवार राति भएको १० बुँदे सहमतिलाई इमानदारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले संसदभित्र र बाहिर पनि एकढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • एकनारायण न्यौपाने

    July 12, 2021, 3:14 p.m.

    बितेका समयलाई मैले धेरै अध्यान गरेको छु , हरेक राजनिति का घोषणापत्र हरु पढेको छु / मलाई लाग्छ यो खेल पनि " चेन्जवल चस्मा " घामको तापमा कालो रँङ , रुखको छहारीमा सेतो भय अनुसार चेन्ज हुने खेल हो , हस नमस्ते , जयनेपाल 🙏🇳🇵

  •  0 Reply

तपाईको प्रतिक्रिया