एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न भन्दै राष्ट्रपति समक्ष दाबी पेस गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मा तीन जना सांसदको हस्ताक्षर मात्रै बुझाएको पाइएको छ ।
गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभाको विघटन हुनुअघि प्रधानमन्त्रीमा दाबी पेस गर्दा केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत छ भने पनि तीन जनाले मात्रै ओलीको पक्षमा हस्ताक्षर गरेको भेटिएको अदालतले जनाएको छ । प्रधानमन्त्रीमा दाबी गर्दा केपी शर्मा ओलीका तर्फबाट स्वयम् केपी शर्मा ओली, राजेन्द्र महतो र महन्थ ठाकुरको मात्रै हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाइएको फैसलामा उल्लेख छ ।
तर नेपाली कांग्रेसका सभापतिको पक्षमा एमालेका २६ जनासहित एक सय ४९ जना सांसदले राष्ट्रपति समक्ष निवेदन दिएका थिए । एक सय ४९ जनाको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरे पनि राष्ट्रपतिले उहाँलाई नियुक्ति नदिनु अनौठो भएको अदालतको आदेशले जनाएको छ ।
प्रधानमन्त्रीमा ओलीको दाबी नपुगेको र देउवाको पक्षमा एक सय ४९ जना सांसदले हस्ताक्षर बुझाएकाले राष्ट्रपतिले त्यति बेलै संविधानअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्थ्याे भन्ने पनि आदेशमा उल्लेख छ ।
सर्वाेच्चकाे आदेशकाे ११७ नम्बरमा भनिएकाे छ, ‘प्रस्तुत विवादको सन्दर्भमा हेर्दा विश्वासको मत हासिल गर्न नसक्ने भनी वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरेको अर्काे दिन नै प्रत्यर्थी प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ७ मा आफूमाथि एक सय ५३ जना प्रतिनिधि सभाका सदस्यको समर्थन रहेको भनी दाबी गरी संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा दाबी पेस गर्नुभएको पाइयो । यसरी पेस गरिएको दाबी पत्रमा केपी शर्मा ओली, महन्थ ठाकुर र राजेन्द्र महतो गरी तीन जनाको मात्र सही भएको देखिन्छ । प्रतिनिधि सभाका अन्य सदस्यको समर्थन रहेको तथ्य प्रमाणित हुनै कुनै आधार पेस भएको देखिँदैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म भन्छु
July 12, 2021, 4:38 p.m.के पी ओलीले आफ्ना सबै साम्सदहरुको नाइके भएको र आफूले हस्ताक्षर गरेपछि सबैको प्रतिनिधित्व हुने सोचेका थिए होलान्। मैले 'महारानी' भन्ने वेब सिरिज हेरेको थिए, ठ्याक्कै त्यसतै रमाइलो आफ्नै देशको नेताहरुमा देख्दा कम्ता रमाइलो लाग्या छैन र।