एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – सर्वोच्च अदालतको आदेशलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले स्वागत गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै संविधानलाई ट्र्याकमा ल्याइदिएको बताउनुभएको छ । कसैले पनि यसलाई व्यक्तिगत जित/हारको विषयका रूपमा नलिइ लोकतन्त्र, संविधान देश र जनताको हितमा उपयोग गरेर जान पनि देउवाले अपिल गर्नुभएको छ ।
अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरीत गरिएको कदमलाई सच्याएको सभापति देउवाकाे प्रतिक्रिया छ ।
सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई भाेलि बेलुका पाँच बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।