एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख नाघेको छ । अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ५७ हजार एक सय ३९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४४ हजार तीन सय १९ जना गरी कुल सात लाख एक हजार चार सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ६ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ९० जना र तीन हजार आठ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा एक हजार एक सय ३३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २१ हजार २७ जना पुगेको छ ।
याे अवधिमा थप १८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित कोरोनाका कारण कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय पुगेको छ ।
अहिले नेपालमा २६ हजार सात सय १२ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।