भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकामा आज सार्वजनिक बिदा

 असार २९, २०७८ मंगलबार ७:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजानिक बिदा दिएको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिनुभयो ।

विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिएका भानुभक्तको १९२५ साल असोज ६ गते निधन भएको थियो । भानु जयन्ती सप्ताहव्यापी रूपमा मनाउँदै आएकोमा यस वर्ष कोरोना सङ्क्रमण जोखिमका कारण एक दिन मात्रै मनाइने भएको छ । भानु नगरपालिका–४ चुँदीरम्घा बेसीमा भानुजन्मस्थल विकास समितिको कार्यालयमा आज श्रद्धाञ्जली तथा साहित्यिक रचना वाचन कार्यक्रम राखिएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया