एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गर्नु भएको छ । सम्बोधनको समय भने तय भएको छैन । प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चबाट परमादेश आए पछि ओलीले आज देशवासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।
सम्बोधनका क्रममा अहिलेसम्म सरकारले गरेका काम तथा समसामयिक विषयमा जानकारी गराउने तयारी छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए पनि फैसला राजनीतिक ढङ्गले आएको भन्दै टिप्पणी गर्नु भएको छ । यस्तै, ओलीले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक पनि बोलाउनु भएको छ ।
सर्वोच्चको हिजोको आदेश अनुसार बेलुका ५ बजेसम्ममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गर्नु भएको छ । त्यसका लागि अहिले कांग्रेस, माओवादी केन्द्र लगायत विपक्षी गठबन्धनमा आबद्ध दलहरु आन्तरिक छलफलमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Anand Rai
July 13, 2021, 2:20 p.m.कहिलेसम्म बुढाहरुलाई दिने हो भन्या ..यिनीहरुले गरेकै के छ र .....
Pasang
July 13, 2021, 1:26 p.m.शेर बहादूर देउवा लाई प्रधान मन्त्रि बनाएर केहि हुनेवाला छैन. आशक्छम् नेता. झन यो देश संकट मा परीने छ गर्ने केहि होइन कुसी को लागि. प्रधान मन्त्रि केपी ओली ठिक. देउवा प्रधान मन्त्रि को पद धेरै टिक्ने वाला छैन.
Rabindra rai
July 13, 2021, 12:42 p.m.अहंताको पराकाष्ठ, भाई फुटे गवार लुटे, यतिका वर्षसम्म सरकार चलाउँदा टिपनी योग्य काम केही गर्न सकेनौँ / विवाद कीचलोमा समय बर्बाद भयो , अनि मेलम्चीले जनता स्वा बनाए/ रेल आनन्दले बसिरहेको छ, जनताले हस्पिटल पाए...उपचार पाएन अनि छट्पटीएर ज्यान गुमाए /गाँस पाएन अनि आँसु पिए, तर सरकारको भाषण भने जनता भोकले, रोगले, उपचारले मर्नुनपर्ने बताइरहे/
radheshyam rana
July 13, 2021, 12:03 p.m.देश जनताले तपाइँलाई भित्रैदेखि बुझिसके , अब सम्बोधन गरेर समय खेर नफालेको राम्रो ...
Toyanath agaire
July 13, 2021, 11:53 a.m.१२१ सिट बाट यति समय सम्सम त्ता राम्रो सॅग चलाउनु भयो बधाई छ । अब स्पस्ट बहुमत सहित सिहं दरवार अगामी निर्वाचन पछि प्रवेश हुनेकुरामा ढुक्क हुनुहोस ।