एमाले स्थायी कमिटी बैठक स्थगित

 असार २९, २०७८ मंगलबार ११:५६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

तामाङका अनुसार थप छलफल गरेर स्थायी कमिटी बैठक फेरि बस्ने छ । हिजो सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश सुनाए पछि बसेको स्थायी कमिटी बैठकमा अनौपचारिक छलफल भएको थियो ।

आजको बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारे औपचारिक निर्णय गर्ने भनिए पनि बैठक स्थगित भएको छ । यस्तै, आजको बैठकमा पार्टीको विवाद समाधानका लागि गठन भएको कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न तयारी पनि थियो ।
 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया