अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनायो : ओली

 असार २९, २०७८ मंगलबार १४:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनाएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिनुअघि देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको हिजोको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई र संविधानको सर्वोच्चतामा विश्वास गर्नेहरलाई निराश बनाएको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘दलीय व्यवस्थालाई फैसलाले के गर्यो,  त्यो पछि थाहा होला, संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले फैसला कार्यान्वयन गरेका छौँ ।’ ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई निरङ्कुश भन्ने र अर्कै फैसला गर्नु कत्तिको उचित हो भनेर ओलीले प्रश्न गर्नुभएको छ ।

सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलनलाई प्रभाव पारेको ओलीको दाबी छ । एउटै दलका सांसद सत्तापक्ष र प्रतिपक्ष बन्न पाउने सर्वोच्चको फैसलाले लोकतान्त्रिक व्यवस्था र दलीय कानुनको धज्जी उडाएको ओलीको आरोप छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया