एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । जीवन बीमाबाहेक अरु सबै समूहको शेयर बढेपछि नेप्से १६ दशमलव ३४ अङ्कले बढेर दुई हजार आठ सय ७१ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ ।
आज बैंकिङ्ग समूहको शेयर १४ अङ्कले विकास बैंक समूहको शेयर ७० अङ्कले, व्यापारको आठ, होटलको १९, उत्पादनको पाँच र अन्य समूहको शेयर आठ अङ्कले बढेको छ । यस्तै जलविद्युत समूहको शेयर १४ अङ्कले, फाइनान्सको ९३ अङ्कले, माइक्रोफाइनान्सको ३४ अङ्कले र निर्जीवन बीमा समूहको शेयर १४ अङ्कले बढेको छ । दुई सय २३ कम्पनीका एक करोड २३ लाख कित्ता शेयर पाँच अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ४५ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सेन्ट्रल फाइनान्ससहित ६ वटा कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि सानिमा लार्ज क्याप फण्डको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।